Kaushik Gotriya Regmi Bandhu Samaj
काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं
दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)
समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२
स्थायी लेखा नं. (PAN): ६२१०३०५८५
देश तथा विदेशमा छरिएर रहेका कौशिक गोत्रीय रेग्मी बन्धुहरूलाई एउटै मालामा
उन्ने तथा सम्पूर्ण कौशिक गोत्रीय रेग्मीहरूको बिचमा आत्मीयता, आपसी भाइचारा
तथा भातृत्वको विकास गर्दै, सामाजिक सेवाको भावनाले ओतप्रोत भई सदाचार,
शिष्टाचार र नैतिकता कायम राख्दै, एक आपसमा परोपकारी भावनाको विकास गर्दै
रेग्मीहरूको इतिहास तथा वर्तमानलाई संस्थागत गर्ने ।
परम्परा,
संस्कार,संस्कृतिका साथै ऐतिहासिक दस्तावेजहरू तथा सामाग्रीहरूको सङ्कलन गरी
सङ्ग्रह गर्नुका साथ साथै प्रकाशन तथा प्रशारण गर्ने/गराउने, विभिन्न समयमा
विभिन्न व्यक्ति तथा संस्थाहरूले सङ्कलन गरेका वंशावलीहरूलाई एकीकृत गर्दै सो
वंशावलीमा आवश्यक थप तथा परिमार्जन समेत गर्दै एकीकृत तथा बृहत वंशावली प्रकाशन
गर्नुका साथै समयानुकुल अद्यावधिक गर्ने, रेग्मी कुल वंशका अग्रजहरूका विभिन्न
कृति, उनीहरूका तस्वीरहरूका साथै उनीहरूसँग सम्बन्धित सामाग्रीहरूको संरक्षण
गर्नुका साथै त्यस्ता तथ्यहरूका बारेमा जानकारीहरू प्रकाशन तथा प्रशारण
गर्ने/गराउने साथै त्यस्ता व्यक्तिहरूकोे जीवनी समेत प्रकाशन गर्ने ।
कौशिक गोत्रीय रेग्मीहरुको सामाजिक विकास तथा क्षमता अभिवृद्धि गराउन विभिन्न
क्रियाकलापहरू गर्ने/गराउने, रेग्मी थरको विकासक्रम, रेग्मीहरूको कुल परम्परा, संस्कार
तथा संस्कृतिहरूको खोज एवम् अनुसन्धान गरि प्राप्त तथ्य तथा जानकारीहरूको प्रकाशन
तथा प्रशारण गर्नुका साथै संरक्षण समेत गर्ने, राष्ट्र र रेग्मी समाजको विकासमा
महत्वपूर्ण योगदान गर्ने, विभिन्न क्षेत्रका रेग्मी बन्धुहरूलाई हौसला प्रदान गर्नुका
साथै उत्प्रेरणा जगाउनका लागि सम्मान कार्यक्रमहरूको आयोजना गर्ने उद्देश्यले २०८०
फागुन १९ गते शनिबार श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग हालःभक्तपुर)को अध्यक्षतामा
देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने रेग्मी बन्धुहरूको भेला
गरि सो भेलाले श्री सुधिर कुमार रेग्मी (दाङ)को अध्यक्षतामा ९ (नौ) सदस्यीय तदर्थ
समिति गठन गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०८० साल फागुन २७ गते आइतबार
संस्था दर्ता गरिएको हो ।