KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

लेख / रचना

लेख / रचना

कौशिक गोत्रीय रेग्मीहरूको इतिहास, बिर्ता, ताम्रपत्र आदिका बारेमा प्रामाणिक जानकारी भएमा सो सम्बन्धी लेख (युनिकोड Traditional मा वा Preeti Font मा टाइप गरेको Microsoft Word फाइल) kaushikgotriya@gmail.com मा उपलब्ध गराउनु भएमा प्रकाशन गरिने जानकारी गराइन्छ । लेख/रचना पठाउँदा लेखकको परिचय, सम्पर्क नम्बर पठाउनु पर्नेछ । लेख/रचनामा भएका कुनै शब्द वा वाक्यांश वा लेख प्रकाशित गर्ने वा नगर्ने अधिकार संस्थामा निहित रहनेछ । साथै लेख रचना उपलब्ध गराउन वा सो सम्बन्धमा केही बुझ्नु पर्ने भएमा ९८५११६४८९४ मा (कार्यालय समयबाहेक) सम्पर्क गर्न सक्नुहुनेछ ।

लेख / रचना

खस सभ्यता र रेग्मी थर

खस सभ्यता कुनै एक जाति र ठाउँ विशेषको अस्तित्वको इतिहास नभइ समग्र नेपालको मूल सभ्यता हो । यो नेपाली माटोको मौलिक सभ्यता पनि हो । जसले एक स्वतन्त्र र समुन्नत सभ्यता तथा संस्कृतिको विकास गरी बृहत् भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक एकतामा अतुलनीय र अविस्मरणीय योगदान दिएको पाइन्छ । खसहरूको करिब १२०० वर्ष लामो शासन प्रणालीबाट आधुनिक नेपाललाई मनग्य योगदान मिलेको पाइन्छ । यसलाई चिरस्थायी राख्नु हामी सबैको कर्तव्य तथा दायित्त्व पनि हो ।,,हालको नेपाली भाषाको विकास र विस्तार पनि खस साम्राज्य कालमै भएको थियो । वि.सं. १०३८ को दैलेखको दामु पालको अभिलेख (जुन नेपाली भाषाको पहिलो अभिलेख मानिन्छ), वि.सं. ११४६ को संग्राम सिंहको हुम्ला डुम्राकोटको अभिलेख, वि.सं. १३१२ को अशोक चल्लको हुम्ला रेलिङ गुम्बाको अभिलेख आदिबाट यो प्रमाणित हुन्छ ।,,रेग्मी थर पनि खस साम्राज्य भित्र कुनै जात विशेषले आर्जन गरेको थर नभई स्थान विशेषले आर्जन गरेको थर हो । अहिले प्रचलनमा आएका विभिन्न थर निर्धारण गर्ने तत्त्वहरू स्थल, कोट, पदवी, वर्ग आदिबाट आएको पाइन्छ । बझाङ जिल्लाको हालको थलारा गाउँपालिकामा एउटा गाउँ रहेको छ, जुन गाउँ रेगम नाउँले चिनिएको छ । त्यस गाउँलाई डोटी राज्यका राजा रिपु मल्लले शा.के. सम्वत् १२०१ (वि.सं. १३३६)मा कुश बिर्ता दिएका थिए सोही कारणले गर्दा रेग्मी थर कायम हुन गएको हो ।,,कुनै समयमा कौशिक गोत्रका ब्राह्मणहरूलाई तिमीहरू विश्वामित्रका खलक हौ, विश्वामित्र क्षत्रीय हुन् त्यस कारणले 'दिएर साध्य हुँदैन, नुहाएर उपाध्याय हुँदैन' तिमीहरू ब्रह्म कर्ममा सरिक हुन पाउँदैनौ भनेर जुम्ली राजाका पालामा विवाद चल्दा हामी कौशिक गोत्रका पनि हौँ, भट्ट पनि हौँ भनेर दाबी गरे, यसको अर्थ के रहेछ भने त्यस समयमा उपाध्यायलाई भट्ट भन्ने चलन रहेछ, किनभने सबै गोत्रका ब्राह्मणले केही पुस्तासम्म भट्ट लेखेको पाइन्छ ।,,त्यसै गरी तत्कालीन समयमा ज्योतिष विषयका विद्वान् मानिसलाई जुनसुकै गोत्रको भए पनि जोशी भन्ने वा लेख्ने चलन रहेको पाइन्छ। पुराना तमसुक, भरपाई, चिना, टिप्पन समेतमा यस कुराको उल्लेख गरिएको पाइन्छ । बाबु धुरन्धर ज्योतिष भएकाले जोशी लेखे सोही कारण छोराहरूले पनि जोशी लेखे, जोशीका छोराहरू पढेलेखेका नभए पनि केही पुस्तासम्म जोशी नै लेखेको पाइन्छ ।,,मानव सभ्यताका सुरुमा ब्राह्मण भन्ने जात थिएन, ब्राह्मण भनेको एउटा क्षमता थियो, पछि आएर सत्ययुगमा सबै मानिसहरू ब्राह्मण मात्र थिए अर्थात् ब्रह्म ज्ञान र असल आचरण भएका थिए । हाम्रो परम्पराअनुसार ब्राह्मण भनेको विद्वान् हुन् विद्वान् भनेको ब्राह्मण हुन् । हाम्रा पूर्वजहरू विद्वान् र ब्राह्मण दुवै विशेषता बोकेर आएका थिए। यिनीहरूसँग भएका यिनै गुणका कारण तत्कालीन चौबीसे राजारजौटाहरूले उनीहरूलाई उल्लेखित स्थानमा बस्न कर र बलपूर्ण आग्रह गर्ने गरेका थिए । योगी नरहरि नाथका अनुसार एघारौँ शताब्दीमा सिंजापति महाराजबाट धेरै नागरिकहरूलाई बिर्ता, बितलब, गुठी, इत्यादि भूस्वामीत्व वितरण गरिँदा जसले जुन नामको बिर्ता पाए उनका सन्तानलाई त्यसै गाउँको नामसँग सम्बन्धित गराइयो । एउटै बाबुका सन्तानहरूमध्ये सिग्दीमा जाने सिग्देल भएको, पौडीमा जाने पौडेल भएको र आर्जीमा जाने अर्ज्याल भएको शक्ति वल्लभ अर्यालको कुल वर्णन कवितामा उल्लेख छ ।,,डोटी उडितोलाका जोशी रेग्मीहरूले त जोशी दुई थरीका छन् भन्दछन् । क. राजपुरोहित, ख. राजगुरु । राजगुरु जोशीहरू कौशिक गोत्रीय राजगुरु खलकका हुन्, उनीहरूले राजालाई सरसल्लाह दिने, मन्त्र दिने, पूजापाठ गराउने गर्दथे र दान दक्षिणा मर्दा पर्दाको लिँदैनथे । अर्का थरी जोशी राजपुरोहित हुन्, यिनको थर, गोत्र, प्रवर र कुल देवता भिन्न हुन्छन्, यिनले मर्दा पर्दा दान दक्षिणा पनि लिने गर्दथे। यसरी हेर्दा जोशी थर ज्योतिषी काम गर्ने विद्वान्‌लाई दिएको पद हो भन्ने बुझिन्छ ।,,कुनै समयमा बस्ताकोटीहरूले बस्ताकोटी रेग्मी लेख्ने गरेका रहेछन्, रेगम गाउँबाट झिकाई दुल्लुको बस्ताकोट भन्ने ठाउँमा बिर्ता दिई बसोबास गराएका कारण यसो गरिएको रहेछ। अहिले उनीहरूले रेग्मी भन्न छाडेका छन्, त्यस्तै रिमामा बस्ने रेग्मीहरू केही पुस्तापछि रिमालमा परिणत भएका छन् । स्याङ्जाका एक थरी रेग्मीहरू दसैँका समयमा राजाका दरबारमा टीका थाप्न जाँदा बगाल (समूह)भएर जान्थे, कालान्तरमा उनीहरू बगाले रेग्मी भनेर चिनिन थाले ।,,अतः ब्राह्मणबाट उपाध्याय, भट्ट, जोशी, शर्मा हुँदै मल्लकालमा आएर सबैले आफ्नो आफ्नो थर लेख्न थालेको आभाष हुन्छ, अधिकांश नेपालीहरूको मूल थलो कर्णाली फाँटको गाउँ, डाँडा, खोला र पहाड आदि थिए। जजमानी पुरोहित्याइँ, वेद पाठ तथा कथा वाचन प्रमुख पेसा भएका तागाधारी समाजलाई ब्राह्मण भनिन्छ । ब्राह्मणहरू नेपालमा उपाध्याय र जैशीमा विभाजित छन् । राजा पृथ्वीनारायण शाहको शासनकाल अघि सामाजिक रीत पूरा गरी जैशीलाई उपाध्याय बनाउने चलन थियो । पछि यो चलन बिस्तारै हरायो।,,रेग्मीहरूले राजालाई राजकाज चलाउने क्रममा आवश्यक परामर्श प्रदान गर्दथे । सोही क्रममा रेग्मीहरूले राज्य विस्तार तथा युद्ध आदिका लागि साइत जुराउने, तथा युद्धका लागि गर्नु पर्ने अन्य आवश्यक चाँजोपाँजो मिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको पाइन्छ।,

चिना हराएका जस्ता आजका मानिस

मानव जीवन पाउनु दुर्लभ कुरा हो । देवताहरू पनि मानव जीवन पाउन लालायित हुने गर्दछन् । त्यसैले पाएको यो मानव जीवनलाई नक्कली सन्त, महन्त, गुरुहरू, आचार्यहरू तथा पन्थीहरूको पछि लगाएर जीवनलाई निरर्थक बनाउने काम गर्न हुँदैन ।,,आजका मानिस पाप नाश र जीवन मुक्तिको नाममा पूजापाठ गराएर, तीर्थब्रत गराएर समय र द्रव्यको विनाश गराउँदछन् । त्यसबाट न उनीहरूले गरेको पाप नाश हुन्छ न मुक्ति नै प्राप्त हुन्छ । भागवद गीता चार वेदको सार भएको कुरामा कसैको विमति छैन। सबै धर्महरूको मुल बौद्धिक सनातन धर्म भएकाले नै उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परब्रह्म परमात्माको पूजा अर्चना गर्ने गरेको देखिन्छ ।,,सबै धर्मावलम्बीहरू आर्यकै सन्तान भएकाले सनातन धर्मको बाटो त्याग्न नसकेको कुरा बिर्सन हुँदैन । कुरुक्षेत्रमा अर्जुनलाई गीताको उपदेश दिने यदुवंशी कृष्ण नभएर उनमा प्रवेश गरेका परब्रह्म परमात्मा भएकाले त्यहाँ भनिएको छ– 'यदि पूजा गर्ने नै हो भने मेरो गर तिम्रो मुक्ति र कल्याण हुनेछ, यदि म बाहेक अरू कसैको पूजा अर्चना गर्दछौ भने न तिम्रो मुक्ति हुन सक्दछ न तिम्रो कल्याण नै हुने छ ।',,यस कुरालाई गीतामा त भनिएकै छ– 'स्वयम् कृष्णले महाभारतको अन्त्यमा पाण्डवहरूका सामु स्वीकारेका छन् तर हामीलाई पाप, पूण्य, स्वर्ग, नरक र सुखद भावी जीवनको भ्रममा भ्रमित पारेर जो गर्ने र गराउने गरिएको छ ।' त्यो प्रवृत्ति नै मानव जीवनको दुःख कष्ट र अशान्तिको कारण बन्न गएको हो ।,,राजनीतिकर्मीहरूले आफ्नो सिद्धान्तको आस्था र निष्ठालाई तपसिलमा राखी मनोमानी ढङ्गबाट सिद्धान्तलाई विकृत बनाएझैँ सन्त, महन्त, गुरु, आचार्य, पन्थीहरूले धर्मको मूल्य मान्यता र सिद्धान्तलाई तपसिलमा राखी मनोमानी ढङ्गबाट धार्मिक क्रियाकलाप गर्ने र गराउने भएकाले विकृतिहरू थपिँदै गएको हुनुपर्दछ ।, ,कर्मकाण्डहरूको वैज्ञानिकता छ तर त्यसको गराउने विधि र विधानमा एकरूपता नभएकाले यो पनि नेपालको गणतन्त्र जस्तो हुन गएको हो ।,,कामना क्रोध वा लोभ तीन यि आत्म नासक,नरक द्वार हुन् पार्थ यिनको त्यागै छ लायक ।।२१।।,तीन यि तमका ढोका देखि जब विभुक्त भो,अनि आफ्नो गरि श्रेय त्यो परंपर निष्ट भो ।।२२।।,शास्त्रको विधि छाडेर चल्छ जो मन मोजले,सिद्धि सौख्य परंधाम कुनै पाउन्न त्यसले ।।२३।।,शास्त्रै प्रमाण छन् सारा कार्याकार्य बुझाउन,तत्मात् शास्त्र विधानैका कार्यमा चल अर्जुन ।।२४।।,गीताको १६ अध्यायमा उल्लेख छ भने गीताको ज्ञान दिने को हो भन्ने सम्बन्धमा ११औँ अध्यायमा उल्लेख छ ।,,सर्वश्रेष्ठ देवताको रूपमा हामीले पूजा अर्चना गर्ने ब्रह्मा, विष्णु, महेश पनि अजर, अमर अविनाशी नभएर जन्म, मृत्युको चक्करमा परेका हुन्छन् भन्ने कुरा पनि गीताले भन्दछ ।,,यी देवताका बाबुआमा कालरुपी ब्रह्मसाता दुर्गादेवी भएको कुरा पनि गीतामै उल्लेख छ। तर यो कलियुगका सन्त, महन्त, गुरुहरू, आचार्यहरू, मठमन्दिरका सञ्चालकहरूलाई थाहा नै नभएर हो । यी देवताहरूलाई अविनाशी अजर अमर जन्म मृत्यु नहुने भनेर भन्ने गर्दछन् ।,,यसरी शास्त्र विरुद्ध भक्ति साधना गराएर परमात्माको लाभबाट वञ्चित राखेर सबैको जन्म नष्ट गराइदिएको अवस्था छ । विगतमा मानिसहरूमा शिक्षाको विकास थिएन । त्यसैले स्वर्ग, नरक, पाप, पुण्यबाट आक्रान्त भएका मानिसले जसले जे भन्छ त्यही गर्ने गर्दा यस्ता विकृतिहरू थपिँदै गएका हुन् । पूर्वयुगहरुमा नभएका कुराहरूले यो कलियुगमा प्रश्रय पाउनुको कारण के होला भनेर सबैले सहज रूपमा बुझ्न र बुझाउन सक्दछ जस्तो लाग्छ ।, ,शास्त्रहरूमा वेद र गीता विशेष मानिन्छन् । यस अतिरिक्त अठार पुराण, रामायण, महाभारत पनि विशेष प्रमाणित शास्त्रमा मानिन्छन् । वेद, पुराण, गीता आदि शास्त्रहरू केवल हिन्दु धर्मका मात्र नभएर सबै धर्महरूका शास्त्र हुन् । जुन बेला महर्षि वेद व्यासले वेद पुराणहरू लेखेका थिए त्यस बेला विश्वमा सनातन धर्मभन्दा अरू कुनै धर्म अस्तित्वमा नै आएको थिएन ।,,गीता र पुराणहरू जो छन् ती सबै मानव कल्याणको लागि रचना गरिएका शास्त्रहरू हुन्। तीनलाई कसैले तेरो र मेरो भन्नु नै धार्मिक विवादको जड हो । यति बेला विश्वको परिवेशलाई विवेचना गर्ने हो भने एउटा के सिद्ध हुन गएको छ भने मानिसको जीवन भन्नु नै भौतिक र आध्यात्मिकताको सम्मिश्रणले बनेको हुन्छ । शरीर भौतिक हो, आत्मा आध्यात्मिक हो । यी दुईको बिचमा समन्वय भएन भने जीवन क्रियाशील हुन सक्दैन ।,,त्यसै गरी जीवनको हरेक क्षेत्रमा भौतिकता र आध्यात्मिकताको समन्वय हुन सकेन भने जीवन दुःख, कष्ट र अशान्तिको भुमरीमा फसेको हुन्छ । आज पाश्चात्य विकसित देशहरूमा मानिसहरूमा सुख, सुविधा, आनन्द र विलासिताका हरेक वस्तुहरू प्राप्त छन् तर मनमा शान्ति र आनन्दित जीवन प्राप्त गर्न नसकेको अवस्था छ । त्यसैले आज विदेशमा ठूलाठूला विश्वविद्यालयहरूमा वेद गीताहरूको पढाइ हुन्छ ।,,सनातन धर्मले सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भनेर विदेशीहरूले हिन्दु धर्मलाई आफ्नो मूल धर्म बनाएर पूजापाठ भजन, कीर्तन, योग ज्ञान, ध्यानतर्फ लाग्नेहरूको सङ्ख्या बाक्लिँदै गएको देखिन्छ । तर हिन्दु धर्म मान्नेहरूले आफ्नो धर्म र संस्कृति त्यागेर विदेशी संस्कृति र संस्कारको धर्म अवलम्बन गरेर गौरवान्वित भएको देखिन्छन् ।,,उनीहरूले चिना हराएको मानिसजस्तो भएर बस्नु परेको अनुभूति नहुनु नै दुर्भाग्य हो भन्ने कुरा अहिलेसम्म आत्मसात् गर्न सकेका छैनन् । धन, सम्पत्तिले हरेक प्रकारका सुख शान्ति र आनन्द पाउने भए आज विकसित देशका धनाढ्यहरू किन दुःखी एवम् अशान्त भएर बस्नुपरेको छ ? भन्ने कुरा सबैले आत्मसात् गर्नै पर्छ ।,

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved