KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

सूचना / जानकारी

प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना

1st AGM Notice.jpg

यस समाजको प्रथम वार्षिक साधारण सभा यही २०८१ साल भदौ महिना २२ गते शनिवारका दिन बिहान ११:०० बजेदेखि संस्थाको रजिष्टर्ड ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँबानेश्वर, काठमाडौंमा हुने भएकाले उक्त साधारण सभामा उपस्थित भइदिनुहुन सम्पूर्ण आजीवन सदस्यहरू, साधारण सदस्यहरू तथा समस्त बन्धु बान्धवहरूमा यो सूचना प्रकाशन गरिएको छ ।

साधारण सभामा छलफल हुने विषयहरूः

१. आ.व. २०८०/०८१ को अध्यक्षज्यूले पेश गर्नुहुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. आ.व. २०८०/०८१ को सचिवज्यूले पेश गर्नुहुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. आ.व. २०८०/०८१ को कोषाध्यक्षज्यूले पेश गर्नुहुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

४. आ.व. २०८०/०८१ को संस्थाका तर्फबाट लेखा परीक्षकज्यूले पेश गर्नुहुने वासलात, आय-व्यय, लगायतका लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

५. आ.व. २०८१/०८२ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

६. आ.व. २०८०/०८१ मा सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।

७. संस्था सञ्चालनका लागि आवश्यक विनियम तथा कार्यविधिहरू पारित गर्ने सम्बन्धमा ।

८. सञ्चालक समितिको गठन/निर्वाचन तथा नियुक्ति सम्बन्धमा ।

९. विविध ।

सम्पर्कका लागिः सचिव – मोहन प्रसाद रेग्मी (९८५११६४८९४)

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved