Kaushik Gotriya Regmi Bandhu Samaj
काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं
दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)
समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२
स्थायी लेखा नं. (PAN): ६२१०३०५८५
कौशिक गोत्रीय रेग्मी बन्धु समाज, उपत्यका सम्पर्क तथा समन्वय समितिको आयोजनामा २०८१ सालको तीज पर्वको अवसरमा रेग्मी आमा–छोरी, दिदी–बहिनी, भाउजू–बुहारीहरूका बिचमा आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले तपसिलमा उल्लेखित मिति, स्थान र समयमा "तिज मिलन कार्यक्रम" आयोजना गर्न लागेकाले देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यकामा आइ बसोबास गर्नुहुने तथा काठमाडौं उपत्यका वरिपरिका जिल्लाबाट उपस्थित हुन सम्भव हुने समस्त आमा–छोरी, दिदी–बहिनी, भाउजू–बुहारीहरू उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रमः
मितिः २०८१ साल भदौ ८ गते शनिवार
स्थानः सनराइज क्याफे एण्ड ब्याङ्कवेट
मध्य बानेश्वर, काठमाडौं (रत्नराज्य स्कुलबाट ५० मिटर उत्तर)
समयः दिनको ११:०० बजे देखि
विस्तृत जानकारीका लागिः
शोभा रेग्मी ९८६०४३८९४० (अध्यक्ष – उपत्यका सम्पर्क तथा समन्वय समिति)
हुमनाथ (कमल) रेग्मी ९८५१२०६४६८ (सचिव – उपत्यका सम्पर्क तथा समन्वय समिति)
नोटः उपस्थित महानुभावहरूका लागि भोजन लगायतको व्यवस्थापन गर्नका लागि सहज होस् भन्ने हेतुले २०८१ भाद्र ५ गते बुधवार बेलुका ४:०० बजे भित्रमा फोन मार्फत उपस्थितिको सुनिश्चितता गरिदिनुहुन अनुरोध गर्दछौं ।