KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

समाचार / गतिविधि

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वनभोज कार्यक्रम सम्पन्न

Picnic.jpg

८ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था)ले देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यकामा आई स्थायी तथा अस्थायी रूपमा बसोवास गर्नुहुने एवम् काठमाडौं उपत्यकाका नजिकका जिल्लाहरूमा बसोवास गर्ने रेग्मी आमा–बुबा, दिदी–बहिनी, दाजु–भाइ तथा भाउजू–बुहारीहरूका बिचमा चिनजान गर्ने, आत्मीयता अभिवृद्धि गर्ने, आपसी भाइचारा बढाउने उद्देश्यका साथ बालाजु स्थित बाइसधारा उद्यानमा आयोजित वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

Picnic 2.jpg

उक्त वनभोज कार्यक्रमको संयोजन श्रीमती शोभा रेग्मीले गर्नुभएको थियो भने सहसंयोजन श्री हुमनाथ (कमल) रेग्मी, सदस्यमा श्री नवीन किशोर रेग्मी, श्री राजेश रेग्मी र श्री सुनिलकुमार रेग्मी हुनुहुन्थ्यो । काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा आबद्ध रेग्मी बन्धुहरूको आपसी सद्भावमा वृद्धि होओस् भन्ने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित ज्येष्ठ सदस्य वासु रेग्मीज्यूलाई सम्मान गरिएको थियो ।

कौशिक गोत्रीय रेग्मी बन्धु समाजका कोषाध्यक्ष श्री किशोर रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो भने अध्यक्ष श्री सुधिर कुमार रेग्मीले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्नुको कारण तथा उपादेयताका बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका सचिव मोहन प्रसाद रेग्मीले गर्नुभएको थियो ।

Picnic 3.jpg

उक्त वनभोज कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना गरिएको थियो । सो वनभोज कार्यक्रममा इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, खोटाङ्ग, सप्तरी, धनुषा, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, कास्की, पर्वत, स्याङ्गजा, बाग्लुङ्ग, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली, सुर्खेत, दैलेख, लगायत देशका विभिन्न जिल्लाहरूबाट करिब १२० जनाको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा कौशिक गोत्रीय रेग्मी बन्धु समाजद्वारा प्रकाशित २०८१ सालको भित्तेपात्रो सार्वजनिक तथा वितरण शुभारम्भ र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

Picnic 4.jpg

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved