Kaushik Gotriya Regmi Bandhu Samaj
काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं
दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)
समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२
स्थायी लेखा नं. (PAN): ६२१०३०५८५
२३ भाद्र । काठमाडौँ । कौशिक गोत्रीय रेग्मी बन्धु समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन २०८१ साल भाद्र २२ गते शनिवारका दिन संस्थाको रजिष्टर्ड कार्यालय, नयाँबानेश्वर, काठमाडौँमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री सुधिर कुमार रेग्मीज्यूले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव श्री मोहन प्रसाद रेग्मीज्यूले गर्नुभएको थियो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन, सचिवको वार्षिक प्रगति प्रतिवेदन एवम् भावी कार्यक्रमको योजना तथा संस्थागत विकासका सङ्कल्प, कोषाध्यक्षको आर्थिक प्रतिवेदन एवम् चालु आर्थिक वर्षको आम्दानी तथा खर्चको अनुमानित विवरण, गत आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन, आगामी वर्ष २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा कार्यविधि पारित, विधान संशोधन र नयाँ कार्य समितिको गठन लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो ।
अधिवक्ता देवी प्रसाद भट्टराईको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले उक्त साधारण सभाका दिन श्री सुधिर कुमार रेग्मी (दाङ)को अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्ष श्री टिकाराम रेग्मी (पर्वत), सचिव श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग, हालः भक्तपुर), कोषाध्यक्ष श्री किशोर रेग्मी (गोरखा) र सदस्यहरू श्री होरेश रेग्मी (काठमाडौँ), श्री लक्ष्मण रेग्मी (काठमाडौँ), श्री पुष्पा भट्टराई रेग्मी (भक्तपुर), श्री लोकनाथ रेग्मी (मोरङ्ग) र श्री मनोज कुमार रेग्मी (दोलखा) निर्वाचित हुनुभएको छ ।
साधारण सभाले धेरै भन्दा धेरै बन्धुहरूलाई समेट्ने उद्देश्यले हाल विद्यमान ९ सदस्यीय कार्य समितिलाई १७ सदस्यीय बनाउनका लागि विधान संशोधन गर्ने लगायत अन्य महत्त्वपूर्ण निर्णयहरू गरेको संस्थाका नव निर्वाचित सचिव श्री मोहन प्रसाद रेग्मीज्यूले जानकारी दिनुभएको छ ।