KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

समाचार / गतिविधि

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वेबसाइट सञ्चालनमा

३१ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था)ले www.kaushikgotriya.org.np नामक वेवसाईट सञ्चालनमा ल्याएको छ । उक्त वेवसाईट संस्थाका संस्थापक सचिव श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग) र संस्थाका शुभचिन्तक श्री स्वेतराज पौडेल (पर्वत)ले संयुक्त रूपमा डिजाइन गरी संस्थालाई निःशुल्क रूपमा उपलब्ध गराउनु भएको हो ।

उक्त वेबसाइटमा संस्थाको बारेमा विविध जानकारी, संस्थाले समय समयमा जारी गर्ने सूचना तथा जानकारी, धार्मिक, ऐतिहासिक, पुरातात्विक लगायत विभिन्न प्रकारका लेख तथा रचनाहरू, विभिन्न स्थान विशेषका कुल पूजा विधि, उपलब्ध भए सम्मका वंशावली, अनलाइनबाट नै सदस्यता प्राप्त गर्न तथा सदस्यता प्राप्त गरिसकेका बन्धुहरूले आफ्नो सदस्यताको खोजी गर्न सकिने छ। संस्थाले गरेका तथा गर्ने विभिन्न गतिविधीहरूका फोटोहरू हेर्नका लागि ग्यालरी रहेको छ भने संस्थामा अनलाइनबाट नै सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनका लागि सम्पर्कको व्यवस्था समेत गरिएको छ ।

साथै उक्त वेबसाइटको Hosting and Maintenance Charge संस्थाका संस्थापक सचिव श्री मोहन प्रसाद रेग्मीले व्यक्तिगत रूपमा व्यहोर्ने वचनबद्धता समेत व्यक्त गर्नुभएको छ । अथक मेहनतका साथ निःशुल्क रूपमा वेबसाइट तयार गर्नुभएका श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग) र श्री स्वेतराज पौडेल (पर्वत) प्रति हार्दिक आभार प्रकट गर्नुका साथै कौशिक गोत्रीय रेग्मी बन्धु समाज वहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved