Kaushik Gotriya Regmi Bandhu Samaj
काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं
दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)
समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२
स्थायी लेखा नं. (PAN): ६२१०३०५८५
८ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था) द्वारा बालाजु स्थित बाइसधारा उद्यानमा आयोजित वनभोज कार्यक्रमका दौरान देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने रेग्मीहरूलाई एकताबद्ध गर्ने, आपसी भाइचारा अभिवृद्धि गर्ने, आत्मीयता कायम गर्ने उद्देश्यले कौशिक गोत्रीय रेग्मी बन्धु समाजको उपत्यका सम्पर्क तथा समन्वय समिति गठन गरियो ।
उपत्यका सम्पर्क तथा समन्वय समितिको निर्वाचन प्रकृयाका लागि श्री कृष्णप्रसाद रेग्मी (भक्तपुर)को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो जसका सदस्यहरूमा श्री ज्वालाप्रसाद रेग्मी (दैलेख) र श्रीमती अप्सरा नेपाल रेग्मी (धादिङ्ग) रहनु भएको थियो । निर्वाचन समितिले आकांक्षी सम्पूर्ण रेग्मी बन्धुहरूका बिचमा व्यापक छलफल गरी सर्वसम्मत रूपमा ११ सदस्यीय समिति निर्वाचित गरेको थियो । समितिको अध्यक्षमा श्रीमती शोभा रेग्मी (ललितपुर), उपाध्यक्षमा श्री नवीन किशोर रेग्मी (भक्तपुर), सचिवमा हुमनाथ (कमल) रेग्मी (रुपन्देही), सह–सचिवमा श्री राजेश रेग्मी (काठमाडौं), कोषाध्यक्षमा श्री सुनिलकुमार रेग्मी (काठमाडौं), सदस्यहरूमा श्री चेतुप्रसाद रेग्मी (मोरङ्ग), श्रीमती यशोदा रेग्मी (दोलखा), श्री खम्ब बहादुर रेग्मी (सुर्खेत), श्री केशव रेग्मी (काठमाडौं), श्री जगन रेग्मी (काठमाडौं) र श्री सागर रेग्मी (मोरङ्ग) सर्वसम्मत रूपमा चयन हुनुभएको थियो ।
साथै सो समितिका सल्लाहकारमा डा. विमला दाहाल रेग्मी (काठमाडौं) र श्री नरेन्द्र बहादुर रेग्मी (पर्वत) चयन हुनुभएको थियो ।