KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

समाचार / गतिविधि

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

८ असार । काठमाडौं । कौशिक गोत्रीय रेग्मी बन्धु समाजले धोबिघाट, ललितपुर स्थित यशस्वी गुरुकुल इङ्लिस स्कुलमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा पूर्वको इलाम देखि पश्चिमको अछाम सम्मका रेग्मी बन्धुहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्त, सिद्धान्त ज्योतिषविद् डा. जयन्त आचार्य र रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मी लगायतका वक्ता हुनुहुन्थ्यो ।

कार्यक्रममा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्तले “खस आर्य र क्षत्रिय एवम् ब्राह्मणको इतिहास”, ज्योतिषविद् डा. जयन्त आचार्यले “समाजमा ज्योतिषशास्त्रको महत्त्व तथा नेपाल सरकारले ध्यान दिनुपर्ने विषय” र रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मीले “रेग्मीको इतिहास एवम् इतिवृत्तिका विषय”मा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता कौशिक गोत्रीय रेग्मी बन्धु समाजका अध्यक्ष श्री सुधिर कुमार रेग्मीले गर्नु भएको थियो भने कार्यक्रमका अतिथिका रूपमा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्तज्यू र सिद्धान्त ज्योतिषविद् डा. जयन्त आचार्यज्यू रहनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव श्री मोहन प्रसाद रेग्मीले गर्नुभएको थियो । त्यसैगरी संस्थाका उपाध्यक्ष श्री टिकाराम रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो ।

सोही कार्यक्रममा स्पाइनल कर्डमा समस्या भएर विगत २ वर्षदेखि उपचाररत वालिङ नगरपालिका वडा नं. १ स्याङ्जाका कुलप्रसाद रेग्मी (कृष्ण रेग्मी)लाई उपस्थित रेग्मी बन्धुहरूले आर्थिक सहयोग समेत गर्नुभएको थियो ।

© 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved