KGRBS Logo

कौशिक गोत्रीय रेग्मी बन्धु समाज

Kaushik Gotriya Regmi Bandhu Samaj

काठमाडौं महानगरपालिका वडा नं. १०, बानेश्वर, काठमाडौं

दर्ता नं.: २०६-०८०/८१ (जिल्ला प्रशासन कार्यालय, काठमाडौं)

समाज कल्याण परिषद आबद्धता नं.: ५६४९२

स्थायी लेखा नं. (PAN): ६२१०३०५८५

president

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वनभोज कार्यक्रम

देशका विभिन्न स्थानबाट वनभोज कार्यक्रममा उपस्थित हुनुभएका बन्धुहरू !

president

रेगम ज्यूला (रेगम फाँट)

शा.के. सम्वत् १२०१ मा धर्मदासलाई तात्कालीन डोटी राज्यका नरेश रिपु मल्लले वार्षिक सात भारी कुश दरबारमा बुझाउने शर्तमा बिर्ता दिएको स्थान !

    गृह पृष्ठ

    संस्थापक

    वर्तमान कार्यसमिति

    उपत्यका सम्पर्क तथा समन्वय समिति

    संस्थाको बारेमा

    देश तथा विदेशमा छरिएर रहेका कौशिक गोत्रीय रेग्मीहरूलाई एउटै मालामा उन्ने तथा सम्पूर्ण कौशिक गोत्रीय रेग्मीहरूको बिचमा आत्मीयता, आपसी भाइचारा तथा भातृत्वको विकास गर्दै, सामाजिक सेवाको भावनाले ओतप्रोत भई सदाचार, शिष्टाचार र नैतिकता कायम राख्दै, एक आपसमा परोपकारी भावनाको विकास गर्दै रेग्मीहरूको इतिहास तथा वर्तमानलाई संस्थागत गर्नुका साथै रेग्मीहरूको उत्थान, उन्नति तथा प्रगतिका विषयमा कार्य गर्ने, कौशिक गोत्रीय रेग्मीहरूको पहिचानको खोज तथा अन्वेषण गरेर सो कार्यलाई संस्थागत रूपमा स्थापित गर्दै पछिल्लो पिँढीलाई सुसूचित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०८० साल फागुन २७ गते “कौशिक गोत्रीय रेग्मी बन्धु समाज” नामक संस्था स्थापना गरिएको हो ।

    संस्थापक अध्यक्षको मन्तव्य

    president

    श्री सुधिर कुमार रेग्मी

    संस्थापक अध्यक्ष

    हाम्रो वर्तमानमा देखिएका चित्रणहरू अतीतको पर्दाभित्र लेखिएका चित्रहरू नै हुन् । हाम्रो अतीत भित्र हामी कसरी प्रवेश गर्ने भन्ने अभियानका साथ हामीले महत्वपूर्ण कदम उठाएर अगाडि बढिरहेका छौं । आफ्ना नामको पछाडि रेग्मी, कौशिक आदि उपनामहरू राखेर पनि इतिहास बचाउने परम्परा पुर्खाले चलाएकै हुन् । को हो रेग्मी ? के हो कौशिक ? यसका बारेमा अतीततिर फर्केर सबैले जान्नु र बुझ्नु पर्ने हुन्छ ।

    कष्ट सहने र संघर्ष गर्ने हाम्रो इतिहास हो । रेग्मीहरू विद्वान् थिए, शासकहरूबाट सम्मानित थिए भन्ने इतिहास विभिन्न समयमा पुर्खाहरूले प्राप्त गरेका बिर्ता, ताम्रपत्र र लालमोहरहरूले देखाउँछन् । रेग्मीहरूले सामाजिक तथा राजनैतिक क्षेत्रमा समेत विशिष्ट उपस्थिति देखाएको पाइन्छ । त्यसैले रेग्मी हुनुमा र कौशिक गोत्र हुनुमा गर्व गर्दै वंशजका कुलदीपक श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ) र यस संस्थाका शुभचिन्तक श्री स्वेतराज पौडेल (पर्वत)ले विद्युतीय माध्यम (वेबसाइट)मार्फत हामीलाई नजिक बनाउन गर्नुभएको प्रयासलाई हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

    वैदिक कालदेखि हाम्रो मातृभूमि नेपाल पवित्र आर्यावर्तका रूपमा विश्वभरि नै प्रतिष्ठित रहि आएको छ । हामी ऋग्वेदमा आफ्नो सुकर्म र तपस्याका प्रभावबाट विशेष स्थान ओगट्न सफल महर्षि विश्वामित्रका सन्तान हौँ । हाम्रो इतिहास यसै क्षेत्रबाट सुरुवात हुन्छ ।

    कौशिक गोत्रका वंशजको इतिहासकार मूल पुरुष वाणबल, शोभाकर, धर्मदास, प्रकाण्ड विद्वान् भाष्कर पण्डित, विद्याधर पण्डित, विद्वान् जयाकर पण्डित, उद्धव जोइसी, अैवर्ण जोइसीजस्ता मूल पुर्खा विद्वानहरू तथा समस्त कुलपितृहरूमा हामीले गर्ने समस्त कार्यहरू समर्पण गर्दछौं ।

    समय र सन्दर्भ अनुसार सैद्धान्तिक मान्यता तथा दृष्टिकोण फरक हुन सक्छन् । हिजो र आजका अनुभव र अनुभूतिहरूबाट भोलिको संसारलाई सुन्दर बनाउन हामी लागि परेका छौं । हामीले देखेका सपनाहरू पूरा गर्नका लागि न्यायोचित आँखा र समालोचनात्मक ढङ्गले सदा सर्वदा यहाँहरूको साथ, सहयोग र सद्भावको आशा गरेका छौं ।

    जय कौशिक !

    लेख / रचना

    खस सभ्यता र रेग्मी थर

    खस सभ्यता कुनै एक जाति र ठाउँ विशेषको अस्तित्वको इतिहास नभइ समग्र नेपालको मूल सभ्यता हो । यो नेपाली माटोको मौलिक सभ्यता पनि हो । जसले एक स्वतन्त्र र समुन्नत सभ्यता तथा संस्कृतिको विकास गरी बृहत् भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक एकतामा अतुलनीय र अविस्मरणीय योगदान दिएको पाइन्छ । खसहरूको करिब १२०० वर्ष लामो शासन प्रणालीबाट आधुनिक नेपाललाई मनग्य योगदान मिलेको पाइन्छ । यसलाई चिरस्थायी राख्नु हामी सबैको कर्तव्य तथा दायित्त्व पनि हो ।,,हालको नेपाली भाषाको विकास र विस्तार पनि खस साम्राज्य कालमै भएको थियो । वि.सं. १०३८ को दैलेखको दामु पालको अभिलेख (जुन नेपाली भाषाको पहिलो अभिलेख मानिन्छ), वि.सं. ११४६ को संग्राम सिंहको हुम्ला डुम्राकोटको अभिलेख, वि.सं. १३१२ को अशोक चल्लको हुम्ला रेलिङ गुम्बाको अभिलेख आदिबाट यो प्रमाणित हुन्छ ।,,रेग्मी थर पनि खस साम्राज्य भित्र कुनै जात विशेषले आर्जन गरेको थर नभई स्थान विशेषले आर्जन गरेको थर हो । अहिले प्रचलनमा आएका विभिन्न थर निर्धारण गर्ने तत्त्वहरू स्थल, कोट, पदवी, वर्ग आदिबाट आएको पाइन्छ । बझाङ जिल्लाको हालको थलारा गाउँपालिकामा एउटा गाउँ रहेको छ, जुन गाउँ रेगम नाउँले चिनिएको छ । त्यस गाउँलाई डोटी राज्यका राजा रिपु मल्लले शा.के. सम्वत् १२०१ (वि.सं. १३३६)मा कुश बिर्ता दिएका थिए सोही कारणले गर्दा रेग्मी थर कायम हुन गएको हो ।,,कुनै समयमा कौशिक गोत्रका ब्राह्मणहरूलाई तिमीहरू विश्वामित्रका खलक हौ, विश्वामित्र क्षत्रीय हुन् त्यस कारणले 'दिएर साध्य हुँदैन, नुहाएर उपाध्याय हुँदैन' तिमीहरू ब्रह्म कर्ममा सरिक हुन पाउँदैनौ भनेर जुम्ली राजाका पालामा विवाद चल्दा हामी कौशिक गोत्रका पनि हौँ, भट्ट पनि हौँ भनेर दाबी गरे, यसको अर्थ के रहेछ भने त्यस समयमा उपाध्यायलाई भट्ट भन्ने चलन रहेछ, किनभने सबै गोत्रका ब्राह्मणले केही पुस्तासम्म भट्ट लेखेको पाइन्छ ।,,त्यसै गरी तत्कालीन समयमा ज्योतिष विषयका विद्वान् मानिसलाई जुनसुकै गोत्रको भए पनि जोशी भन्ने वा लेख्ने चलन रहेको पाइन्छ। पुराना तमसुक, भरपाई, चिना, टिप्पन समेतमा यस कुराको उल्लेख गरिएको पाइन्छ । बाबु धुरन्धर ज्योतिष भएकाले जोशी लेखे सोही कारण छोराहरूले पनि जोशी लेखे, जोशीका छोराहरू पढेलेखेका नभए पनि केही पुस्तासम्म जोशी नै लेखेको पाइन्छ ।,,मानव सभ्यताका सुरुमा ब्राह्मण भन्ने जात थिएन, ब्राह्मण भनेको एउटा क्षमता थियो, पछि आएर सत्ययुगमा सबै मानिसहरू ब्राह्मण मात्र थिए अर्थात् ब्रह्म ज्ञान र असल आचरण भएका थिए । हाम्रो परम्पराअनुसार ब्राह्मण भनेको विद्वान् हुन् विद्वान् भनेको ब्राह्मण हुन् । हाम्रा पूर्वजहरू विद्वान् र ब्राह्मण दुवै विशेषता बोकेर आएका थिए। यिनीहरूसँग भएका यिनै गुणका कारण तत्कालीन चौबीसे राजारजौटाहरूले उनीहरूलाई उल्लेखित स्थानमा बस्न कर र बलपूर्ण आग्रह गर्ने गरेका थिए । योगी नरहरि नाथका अनुसार एघारौँ शताब्दीमा सिंजापति महाराजबाट धेरै नागरिकहरूलाई बिर्ता, बितलब, गुठी, इत्यादि भूस्वामीत्व वितरण गरिँदा जसले जुन नामको बिर्ता पाए उनका सन्तानलाई त्यसै गाउँको नामसँग सम्बन्धित गराइयो । एउटै बाबुका सन्तानहरूमध्ये सिग्दीमा जाने सिग्देल भएको, पौडीमा जाने पौडेल भएको र आर्जीमा जाने अर्ज्याल भएको शक्ति वल्लभ अर्यालको कुल वर्णन कवितामा उल्लेख छ ।,,डोटी उडितोलाका जोशी रेग्मीहरूले त जोशी दुई थरीका छन् भन्दछन् । क. राजपुरोहित, ख. राजगुरु । राजगुरु जोशीहरू कौशिक गोत्रीय राजगुरु खलकका हुन्, उनीहरूले राजालाई सरसल्लाह दिने, मन्त्र दिने, पूजापाठ गराउने गर्दथे र दान दक्षिणा मर्दा पर्दाको लिँदैनथे । अर्का थरी जोशी राजपुरोहित हुन्, यिनको थर, गोत्र, प्रवर र कुल देवता भिन्न हुन्छन्, यिनले मर्दा पर्दा दान दक्षिणा पनि लिने गर्दथे। यसरी हेर्दा जोशी थर ज्योतिषी काम गर्ने विद्वान्‌लाई दिएको पद हो भन्ने बुझिन्छ ।,,कुनै समयमा बस्ताकोटीहरूले बस्ताकोटी रेग्मी लेख्ने गरेका रहेछन्, रेगम गाउँबाट झिकाई दुल्लुको बस्ताकोट भन्ने ठाउँमा बिर्ता दिई बसोबास गराएका कारण यसो गरिएको रहेछ। अहिले उनीहरूले रेग्मी भन्न छाडेका छन्, त्यस्तै रिमामा बस्ने रेग्मीहरू केही पुस्तापछि रिमालमा परिणत भएका छन् । स्याङ्जाका एक थरी रेग्मीहरू दसैँका समयमा राजाका दरबारमा टीका थाप्न जाँदा बगाल (समूह)भएर जान्थे, कालान्तरमा उनीहरू बगाले रेग्मी भनेर चिनिन थाले ।,,अतः ब्राह्मणबाट उपाध्याय, भट्ट, जोशी, शर्मा हुँदै मल्लकालमा आएर सबैले आफ्नो आफ्नो थर लेख्न थालेको आभाष हुन्छ, अधिकांश नेपालीहरूको मूल थलो कर्णाली फाँटको गाउँ, डाँडा, खोला र पहाड आदि थिए। जजमानी पुरोहित्याइँ, वेद पाठ तथा कथा वाचन प्रमुख पेसा भएका तागाधारी समाजलाई ब्राह्मण भनिन्छ । ब्राह्मणहरू नेपालमा उपाध्याय र जैशीमा विभाजित छन् । राजा पृथ्वीनारायण शाहको शासनकाल अघि सामाजिक रीत पूरा गरी जैशीलाई उपाध्याय बनाउने चलन थियो । पछि यो चलन बिस्तारै हरायो।,,रेग्मीहरूले राजालाई राजकाज चलाउने क्रममा आवश्यक परामर्श प्रदान गर्दथे । सोही क्रममा रेग्मीहरूले राज्य विस्तार तथा युद्ध आदिका लागि साइत जुराउने, तथा युद्धका लागि गर्नु पर्ने अन्य आवश्यक चाँजोपाँजो मिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको पाइन्छ।,

    चिना हराएका जस्ता आजका मानिस

    मानव जीवन पाउनु दुर्लभ कुरा हो । देवताहरू पनि मानव जीवन पाउन लालायित हुने गर्दछन् । त्यसैले पाएको यो मानव जीवनलाई नक्कली सन्त, महन्त, गुरुहरू, आचार्यहरू तथा पन्थीहरूको पछि लगाएर जीवनलाई निरर्थक बनाउने काम गर्न हुँदैन ।,,आजका मानिस पाप नाश र जीवन मुक्तिको नाममा पूजापाठ गराएर, तीर्थब्रत गराएर समय र द्रव्यको विनाश गराउँदछन् । त्यसबाट न उनीहरूले गरेको पाप नाश हुन्छ न मुक्ति नै प्राप्त हुन्छ । भागवद गीता चार वेदको सार भएको कुरामा कसैको विमति छैन। सबै धर्महरूको मुल बौद्धिक सनातन धर्म भएकाले नै उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परब्रह्म परमात्माको पूजा अर्चना गर्ने गरेको देखिन्छ ।,,सबै धर्मावलम्बीहरू आर्यकै सन्तान भएकाले सनातन धर्मको बाटो त्याग्न नसकेको कुरा बिर्सन हुँदैन । कुरुक्षेत्रमा अर्जुनलाई गीताको उपदेश दिने यदुवंशी कृष्ण नभएर उनमा प्रवेश गरेका परब्रह्म परमात्मा भएकाले त्यहाँ भनिएको छ– 'यदि पूजा गर्ने नै हो भने मेरो गर तिम्रो मुक्ति र कल्याण हुनेछ, यदि म बाहेक अरू कसैको पूजा अर्चना गर्दछौ भने न तिम्रो मुक्ति हुन सक्दछ न तिम्रो कल्याण नै हुने छ ।',,यस कुरालाई गीतामा त भनिएकै छ– 'स्वयम् कृष्णले महाभारतको अन्त्यमा पाण्डवहरूका सामु स्वीकारेका छन् तर हामीलाई पाप, पूण्य, स्वर्ग, नरक र सुखद भावी जीवनको भ्रममा भ्रमित पारेर जो गर्ने र गराउने गरिएको छ ।' त्यो प्रवृत्ति नै मानव जीवनको दुःख कष्ट र अशान्तिको कारण बन्न गएको हो ।,,राजनीतिकर्मीहरूले आफ्नो सिद्धान्तको आस्था र निष्ठालाई तपसिलमा राखी मनोमानी ढङ्गबाट सिद्धान्तलाई विकृत बनाएझैँ सन्त, महन्त, गुरु, आचार्य, पन्थीहरूले धर्मको मूल्य मान्यता र सिद्धान्तलाई तपसिलमा राखी मनोमानी ढङ्गबाट धार्मिक क्रियाकलाप गर्ने र गराउने भएकाले विकृतिहरू थपिँदै गएको हुनुपर्दछ ।, ,कर्मकाण्डहरूको वैज्ञानिकता छ तर त्यसको गराउने विधि र विधानमा एकरूपता नभएकाले यो पनि नेपालको गणतन्त्र जस्तो हुन गएको हो ।,,कामना क्रोध वा लोभ तीन यि आत्म नासक,नरक द्वार हुन् पार्थ यिनको त्यागै छ लायक ।।२१।।,तीन यि तमका ढोका देखि जब विभुक्त भो,अनि आफ्नो गरि श्रेय त्यो परंपर निष्ट भो ।।२२।।,शास्त्रको विधि छाडेर चल्छ जो मन मोजले,सिद्धि सौख्य परंधाम कुनै पाउन्न त्यसले ।।२३।।,शास्त्रै प्रमाण छन् सारा कार्याकार्य बुझाउन,तत्मात् शास्त्र विधानैका कार्यमा चल अर्जुन ।।२४।।,गीताको १६ अध्यायमा उल्लेख छ भने गीताको ज्ञान दिने को हो भन्ने सम्बन्धमा ११औँ अध्यायमा उल्लेख छ ।,,सर्वश्रेष्ठ देवताको रूपमा हामीले पूजा अर्चना गर्ने ब्रह्मा, विष्णु, महेश पनि अजर, अमर अविनाशी नभएर जन्म, मृत्युको चक्करमा परेका हुन्छन् भन्ने कुरा पनि गीताले भन्दछ ।,,यी देवताका बाबुआमा कालरुपी ब्रह्मसाता दुर्गादेवी भएको कुरा पनि गीतामै उल्लेख छ। तर यो कलियुगका सन्त, महन्त, गुरुहरू, आचार्यहरू, मठमन्दिरका सञ्चालकहरूलाई थाहा नै नभएर हो । यी देवताहरूलाई अविनाशी अजर अमर जन्म मृत्यु नहुने भनेर भन्ने गर्दछन् ।,,यसरी शास्त्र विरुद्ध भक्ति साधना गराएर परमात्माको लाभबाट वञ्चित राखेर सबैको जन्म नष्ट गराइदिएको अवस्था छ । विगतमा मानिसहरूमा शिक्षाको विकास थिएन । त्यसैले स्वर्ग, नरक, पाप, पुण्यबाट आक्रान्त भएका मानिसले जसले जे भन्छ त्यही गर्ने गर्दा यस्ता विकृतिहरू थपिँदै गएका हुन् । पूर्वयुगहरुमा नभएका कुराहरूले यो कलियुगमा प्रश्रय पाउनुको कारण के होला भनेर सबैले सहज रूपमा बुझ्न र बुझाउन सक्दछ जस्तो लाग्छ ।, ,शास्त्रहरूमा वेद र गीता विशेष मानिन्छन् । यस अतिरिक्त अठार पुराण, रामायण, महाभारत पनि विशेष प्रमाणित शास्त्रमा मानिन्छन् । वेद, पुराण, गीता आदि शास्त्रहरू केवल हिन्दु धर्मका मात्र नभएर सबै धर्महरूका शास्त्र हुन् । जुन बेला महर्षि वेद व्यासले वेद पुराणहरू लेखेका थिए त्यस बेला विश्वमा सनातन धर्मभन्दा अरू कुनै धर्म अस्तित्वमा नै आएको थिएन ।,,गीता र पुराणहरू जो छन् ती सबै मानव कल्याणको लागि रचना गरिएका शास्त्रहरू हुन्। तीनलाई कसैले तेरो र मेरो भन्नु नै धार्मिक विवादको जड हो । यति बेला विश्वको परिवेशलाई विवेचना गर्ने हो भने एउटा के सिद्ध हुन गएको छ भने मानिसको जीवन भन्नु नै भौतिक र आध्यात्मिकताको सम्मिश्रणले बनेको हुन्छ । शरीर भौतिक हो, आत्मा आध्यात्मिक हो । यी दुईको बिचमा समन्वय भएन भने जीवन क्रियाशील हुन सक्दैन ।,,त्यसै गरी जीवनको हरेक क्षेत्रमा भौतिकता र आध्यात्मिकताको समन्वय हुन सकेन भने जीवन दुःख, कष्ट र अशान्तिको भुमरीमा फसेको हुन्छ । आज पाश्चात्य विकसित देशहरूमा मानिसहरूमा सुख, सुविधा, आनन्द र विलासिताका हरेक वस्तुहरू प्राप्त छन् तर मनमा शान्ति र आनन्दित जीवन प्राप्त गर्न नसकेको अवस्था छ । त्यसैले आज विदेशमा ठूलाठूला विश्वविद्यालयहरूमा वेद गीताहरूको पढाइ हुन्छ ।,,सनातन धर्मले सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भनेर विदेशीहरूले हिन्दु धर्मलाई आफ्नो मूल धर्म बनाएर पूजापाठ भजन, कीर्तन, योग ज्ञान, ध्यानतर्फ लाग्नेहरूको सङ्ख्या बाक्लिँदै गएको देखिन्छ । तर हिन्दु धर्म मान्नेहरूले आफ्नो धर्म र संस्कृति त्यागेर विदेशी संस्कृति र संस्कारको धर्म अवलम्बन गरेर गौरवान्वित भएको देखिन्छन् ।,,उनीहरूले चिना हराएको मानिसजस्तो भएर बस्नु परेको अनुभूति नहुनु नै दुर्भाग्य हो भन्ने कुरा अहिलेसम्म आत्मसात् गर्न सकेका छैनन् । धन, सम्पत्तिले हरेक प्रकारका सुख शान्ति र आनन्द पाउने भए आज विकसित देशका धनाढ्यहरू किन दुःखी एवम् अशान्त भएर बस्नुपरेको छ ? भन्ने कुरा सबैले आत्मसात् गर्नै पर्छ ।,

    सूचना / जानकारी

    अभिमुखीकरण कार्यक्रम सम्बन्धी सूचना

    कौशिक गोत्रीय रेग्मी बन्धु समाज, काठमाडौंको आयोजनामा उल्लेखित विषयहरू उपर अभिमुखीकरण कार्यक्रम आयोजना हुने भएकाले तपसिलमा उल्लेखित मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।,वक्ताहरूः,– इतिहासविद् प्राज्ञ प्रा. दिनेशराज पन्त – खस आर्य र क्षत्रिय एवम् ब्राह्मणको इतिहास ।, ,– सिद्धान्त ज्योतिषविद् प्रा.डा. जयन्त आचार्य – समाजमा ज्योतिषशास्त्रको महत्व तथा नेपाल सरकारले ध्यान दिनुपर्ने विषय ।, ,– रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मी – रेग्मीको इतिहास एवम् इतिवृत्ति ।, ,,मितिः २०८१ साल असार ८ गते शनिबार,समयः १२:३०,स्थानः यशस्वी गुरुकुल इङ्गलिस स्कुल, धोबिघाट, ललितपुर ।,

    प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना

    ,यस समाजको प्रथम वार्षिक साधारण सभा यही २०८१ साल भदौ महिना २२ गते शनिवारका दिन बिहान ११:०० बजेदेखि संस्थाको रजिष्टर्ड ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँबानेश्वर, काठमाडौंमा हुने भएकाले उक्त साधारण सभामा उपस्थित भइदिनुहुन सम्पूर्ण आजीवन सदस्यहरू, साधारण सदस्यहरू तथा समस्त बन्धु बान्धवहरूमा यो सूचना प्रकाशन गरिएको छ । ,साधारण सभामा छलफल हुने विषयहरूः,१. आ.व. २०८०/०८१ को अध्यक्षज्यूले पेश गर्नुहुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । ,२. आ.व. २०८०/०८१ को सचिवज्यूले पेश गर्नुहुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । ,३. आ.व. २०८०/०८१ को कोषाध्यक्षज्यूले पेश गर्नुहुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । ,४. आ.व. २०८०/०८१ को संस्थाका तर्फबाट लेखा परीक्षकज्यूले पेश गर्नुहुने वासलात, आय-व्यय, लगायतका लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । ,५. आ.व. २०८१/०८२ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । ,६. आ.व. २०८०/०८१ मा सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा । ,७. संस्था सञ्चालनका लागि आवश्यक विनियम तथा कार्यविधिहरू पारित गर्ने सम्बन्धमा । ,८. सञ्चालक समितिको गठन/निर्वाचन तथा नियुक्ति सम्बन्धमा । ,९. विविध । ,सम्पर्कका लागिः सचिव – मोहन प्रसाद रेग्मी (९८५११६४८९४),,

    तिज मिलन कार्यक्रमको सूचना

    कौशिक गोत्रीय रेग्मी बन्धु समाज, उपत्यका सम्पर्क तथा समन्वय समितिको आयोजनामा २०८१ सालको तीज पर्वको अवसरमा रेग्मी आमा–छोरी, दिदी–बहिनी, भाउजू–बुहारीहरूका बिचमा आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले तपसिलमा उल्लेखित मिति, स्थान र समयमा ,,कार्यक्रमः,मितिः २०८१ साल भदौ ८ गते शनिवार,स्थानः सनराइज क्याफे एण्ड ब्याङ्कवेट, मध्य बानेश्वर, काठमाडौं (रत्नराज्य स्कुलबाट ५० मिटर उत्तर),समयः दिनको ११:०० बजे देखि ,,विस्तृत जानकारीका लागिः,शोभा रेग्मी ९८६०४३८९४० (अध्यक्ष – उपत्यका सम्पर्क तथा समन्वय समिति),हुमनाथ (कमल) रेग्मी ९८५१२०६४६८ (सचिव – उपत्यका सम्पर्क तथा समन्वय समिति),,नोटः,

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको विजया दशमी २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्बन्धी सूचना

    समाचार / गतिविधि

    Picnic.jpg

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वनभोज कार्यक्रम सम्पन्न

    ८ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था)ले देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यकामा आई स्थायी तथा अस्थायी रूपमा बसोवास गर्नुहुने एवम् काठमाडौं उपत्यकाका नजिकका जिल्लाहरूमा बसोवास गर्ने रेग्मी आमा–बुबा, दिदी–बहिनी, दाजु–भाइ तथा भाउजू–बुहारीहरूका बिचमा चिनजान गर्ने, आत्मीयता अभिवृद्धि गर्ने, आपसी भाइचारा बढाउने उद्देश्यका साथ बालाजु स्थित बाइसधारा उद्यानमा आयोजित वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । ,,उक्त वनभोज कार्यक्रमको संयोजन श्रीमती शोभा रेग्मीले गर्नुभएको थियो भने सहसंयोजन श्री हुमनाथ (कमल) रेग्मी, सदस्यमा श्री नवीन किशोर रेग्मी, श्री राजेश रेग्मी र श्री सुनिलकुमार रेग्मी हुनुहुन्थ्यो । काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा आबद्ध रेग्मी बन्धुहरूको आपसी सद्भावमा वृद्धि होओस् भन्ने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित ज्येष्ठ सदस्य वासु रेग्मीज्यूलाई सम्मान गरिएको थियो । ,कौशिक गोत्रीय रेग्मी बन्धु समाजका कोषाध्यक्ष श्री किशोर रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो भने अध्यक्ष श्री सुधिर कुमार रेग्मीले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्नुको कारण तथा उपादेयताका बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका सचिव मोहन प्रसाद रेग्मीले गर्नुभएको थियो ।,,उक्त वनभोज कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना गरिएको थियो । सो वनभोज कार्यक्रममा इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, खोटाङ्ग, सप्तरी, धनुषा, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, कास्की, पर्वत, स्याङ्गजा, बाग्लुङ्ग, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली, सुर्खेत, दैलेख, लगायत देशका विभिन्न जिल्लाहरूबाट करिब १२० जनाको उपस्थिति रहेको थियो । ,साथै उक्त कार्यक्रममा कौशिक गोत्रीय रेग्मी बन्धु समाजद्वारा प्रकाशित २०८१ सालको भित्तेपात्रो सार्वजनिक तथा वितरण शुभारम्भ र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो । ,,

    Upatyaka Gathan.jpg

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको उपत्यका सम्पर्क तथा समन्वय समिति गठन

    ८ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था) द्वारा बालाजु स्थित बाइसधारा उद्यानमा आयोजित वनभोज कार्यक्रमका दौरान देशका विभिन्न स्थानबाट काठमाडौं‌ उपत्यकामा आई बसोबास गर्ने रेग्मीहरूलाई एकताबद्ध गर्ने, आपसी भाइचारा अभिवृद्धि गर्ने, आत्मीयता कायम गर्ने उद्देश्यले कौशिक गोत्रीय रेग्मी बन्धु समाजको उपत्यका सम्पर्क तथा समन्वय समिति गठन गरियो । ,उपत्यका सम्पर्क तथा समन्वय समितिको निर्वाचन प्रकृयाका लागि श्री कृष्णप्रसाद रेग्मी (भक्तपुर)को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो जसका सदस्यहरूमा श्री ज्वालाप्रसाद रेग्मी (दैलेख) र श्रीमती अप्सरा नेपाल रेग्मी (धादिङ्ग) रहनु भएको थियो । निर्वाचन समितिले आकांक्षी सम्पूर्ण रेग्मी बन्धुहरूका बिचमा व्यापक छलफल गरी सर्वसम्मत रूपमा ११ सदस्यीय समिति निर्वाचित गरेको थियो । समितिको अध्यक्षमा श्रीमती शोभा रेग्मी (ललितपुर), उपाध्यक्षमा श्री नवीन किशोर रेग्मी (भक्तपुर), सचिवमा हुमनाथ (कमल) रेग्मी (रुपन्देही), सह–सचिवमा श्री राजेश रेग्मी (काठमाडौं), कोषाध्यक्षमा श्री सुनिलकुमार रेग्मी (काठमाडौं), सदस्यहरूमा श्री चेतुप्रसाद रेग्मी (मोरङ्ग), श्रीमती यशोदा रेग्मी (दोलखा), श्री खम्ब बहादुर रेग्मी (सुर्खेत), श्री केशव रेग्मी (काठमाडौं), श्री जगन रेग्मी (काठमाडौं) र श्री सागर रेग्मी (मोरङ्ग) सर्वसम्मत रूपमा चयन हुनुभएको थियो । ,,साथै सो समितिका सल्लाहकारमा डा. विमला दाहाल रेग्मी (काठमाडौं) र श्री नरेन्द्र बहादुर रेग्मी (पर्वत) चयन हुनुभएको थियो । ,

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको वेबसाइट सञ्चालनमा

    ३१ वैशाख । काठमाडौं। कौशिक गोत्रीय रेग्मी बन्धु समाज (जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको सामाजिक संस्था)ले www.kaushikgotriya.org.np नामक वेवसाईट सञ्चालनमा ल्याएको छ । उक्त वेवसाईट संस्थाका संस्थापक सचिव श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग) र संस्थाका शुभचिन्तक श्री स्वेतराज पौडेल (पर्वत)ले संयुक्त रूपमा डिजाइन गरी संस्थालाई निःशुल्क रूपमा उपलब्ध गराउनु भएको हो । ,,उक्त वेबसाइटमा संस्थाको बारेमा विविध जानकारी, संस्थाले समय समयमा जारी गर्ने सूचना तथा जानकारी, धार्मिक, ऐतिहासिक, पुरातात्विक लगायत विभिन्न प्रकारका लेख तथा रचनाहरू, विभिन्न स्थान विशेषका कुल पूजा विधि, उपलब्ध भए सम्मका वंशावली, अनलाइनबाट नै सदस्यता प्राप्त गर्न तथा सदस्यता प्राप्त गरिसकेका बन्धुहरूले आफ्नो सदस्यताको खोजी गर्न सकिने छ। संस्थाले गरेका तथा गर्ने विभिन्न गतिविधीहरूका फोटोहरू हेर्नका लागि ग्यालरी रहेको छ भने संस्थामा अनलाइनबाट नै सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनका लागि सम्पर्कको व्यवस्था समेत गरिएको छ । ,,साथै उक्त वेबसाइटको Hosting and Maintenance Charge संस्थाका संस्थापक सचिव श्री मोहन प्रसाद रेग्मीले व्यक्तिगत रूपमा व्यहोर्ने वचनबद्धता समेत व्यक्त गर्नुभएको छ । अथक मेहनतका साथ निःशुल्क रूपमा वेबसाइट तयार गर्नुभएका श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग) र श्री स्वेतराज पौडेल (पर्वत) प्रति हार्दिक आभार प्रकट गर्नुका साथै कौशिक गोत्रीय रेग्मी बन्धु समाज वहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ । ,

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ८ असार । काठमाडौं । कौशिक गोत्रीय रेग्मी बन्धु समाजले धोबिघाट, ललितपुर स्थित यशस्वी गुरुकुल इङ्लिस स्कुलमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।,,उक्त कार्यक्रममा पूर्वको इलाम देखि पश्चिमको अछाम सम्मका रेग्मी बन्धुहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्त, सिद्धान्त ज्योतिषविद् डा. जयन्त आचार्य र रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मी लगायतका वक्ता हुनुहुन्थ्यो ।,,कार्यक्रममा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्तले “खस आर्य र क्षत्रिय एवम् ब्राह्मणको इतिहास”, ज्योतिषविद् डा. जयन्त आचार्यले “समाजमा ज्योतिषशास्त्रको महत्त्व तथा नेपाल सरकारले ध्यान दिनुपर्ने विषय” र रेग्मी इतिहासका अनुसन्धाता श्री सुधिर कुमार रेग्मीले “रेग्मीको इतिहास एवम् इतिवृत्तिका विषय”मा प्रकाश पार्नु भएको थियो ।,,उक्त कार्यक्रमको अध्यक्षता कौशिक गोत्रीय रेग्मी बन्धु समाजका अध्यक्ष श्री सुधिर कुमार रेग्मीले गर्नु भएको थियो भने कार्यक्रमका अतिथिका रूपमा इतिहासविद् प्राज्ञ प्राध्यापक श्री दिनेशराज पन्तज्यू र सिद्धान्त ज्योतिषविद् डा. जयन्त आचार्यज्यू रहनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव श्री मोहन प्रसाद रेग्मीले गर्नुभएको थियो । त्यसैगरी संस्थाका उपाध्यक्ष श्री टिकाराम रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो ।,,सोही कार्यक्रममा स्पाइनल कर्डमा समस्या भएर विगत २ वर्षदेखि उपचाररत वालिङ नगरपालिका वडा नं. १ स्याङ्जाका कुलप्रसाद रेग्मी (कृष्ण रेग्मी)लाई उपस्थित रेग्मी बन्धुहरूले आर्थिक सहयोग समेत गर्नुभएको थियो ।,

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    २३ भाद्र । काठमाडौँ । कौशिक गोत्रीय रेग्मी बन्धु समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन २०८१ साल भाद्र २२ गते शनिवारका दिन संस्थाको रजिष्टर्ड कार्यालय, नयाँबानेश्वर, काठमाडौँमा सम्पन्न भएको छ । ,उक्त साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री सुधिर कुमार रेग्मीज्यूले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव श्री मोहन प्रसाद रेग्मीज्यूले गर्नुभएको थियो ।,साधारण सभामा अध्यक्षको प्रतिवेदन, सचिवको वार्षिक प्रगति प्रतिवेदन एवम् भावी कार्यक्रमको योजना तथा संस्थागत विकासका सङ्कल्प, कोषाध्यक्षको आर्थिक प्रतिवेदन एवम् चालु आर्थिक वर्षको आम्दानी तथा खर्चको अनुमानित विवरण, गत आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन, आगामी वर्ष २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा कार्यविधि पारित, विधान संशोधन र नयाँ कार्य समितिको गठन लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो ।,अधिवक्ता देवी प्रसाद भट्टराईको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले उक्त साधारण सभाका दिन श्री सुधिर कुमार रेग्मी (दाङ)को अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।,संस्थाको उपाध्यक्ष श्री टिकाराम रेग्मी (पर्वत), सचिव श्री मोहन प्रसाद रेग्मी (मार्से, खोटाङ्ग, हालः भक्तपुर), कोषाध्यक्ष श्री किशोर रेग्मी (गोरखा) र सदस्यहरू श्री होरेश रेग्मी (काठमाडौँ), श्री लक्ष्मण रेग्मी (काठमाडौँ), श्री पुष्पा भट्टराई रेग्मी (भक्तपुर), श्री लोकनाथ रेग्मी (मोरङ्ग) र श्री मनोज कुमार रेग्मी (दोलखा) निर्वाचित हुनुभएको छ ।,साधारण सभाले धेरै भन्दा धेरै बन्धुहरूलाई समेट्ने उद्देश्यले हाल विद्यमान ९ सदस्यीय कार्य समितिलाई १७ सदस्यीय बनाउनका लागि विधान संशोधन गर्ने लगायत अन्य महत्त्वपूर्ण निर्णयहरू गरेको संस्थाका नव निर्वाचित सचिव श्री मोहन प्रसाद रेग्मीज्यूले जानकारी दिनुभएको छ ।,

    © 2024 कौशिक गोत्रीय रेग्मी बन्धु समाज™ . All Rights Reserved